पोखरामा ६० सेकेण्ड अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने
8-September-2017


उमा आलेमगर
पोखरा, २३ भदौँ

वल्र्ड मेरिट पोखरा र ओपन स्पेस नेटवर्कको संयुक्त आयोजनामा पोखरामा ६० सेकेण्ड अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । सबैले आ—आफ्नो कथा बाहिर शेयर गर्ने उद्देश्यले आगामी भदौँ २६ गते सोमबार ६० सेकेण्ड अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१७ को पोखरामा स्क्रिनिङ्ग गरिने भएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

उक्त साठी सेकेण्ड अन्तराष्ट्रि महोत्सवको स्क्रिनिङ्ग पोखराको नयाँ सुविधायुक्त चलचित्र हल ‘‘मिड टाउन सिनेमा’’ मा साँझ ६ः३० बजे हुने वल्र्ड मेरिट पोखराका अध्यक्ष सञ्जय भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार यस ६० सिफ मा विशेष गरि संसारभरका समसामयिक विषयहरुलाई समेट्ने गरि विविध विधामा कलाकार तथा निर्माताहरुले आफ्ना एक मिनेटका चलचित्रहरु द्यर्ता गराएका छन् । 

जसमध्ये स्क्रिनिङ्गमा १५ सय भन्दा बढी आवेदकबाट ४० वटा १ मिनेटको चलचित्रहरु देखाइने भण्डारीले बताए । उक्त स्क्रिनिङ्गमा १३ देशका चलचित्र हुनेछन् भने नेपाली आवेदकबाट १५ वटा चलचित्र देखाइने उनले बताए । यसका साथै कार्यक्रममा छोटो अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ । 

आयोजकले देखाउने चलचित्रले शान्ति, शिक्षा, अन्तर सद्भाव, यथार्थपन, हाँस्यव्यङ्ग, प्रजातन्त्र, विभेद, सहिष्णुता, पर्यटन जस्ता समसामयिक विषयहरुको अवस्था दर्साउने भण्डारीले जानकारी दिए । महोत्सवमा प्रवेशको लागि ३ सय, ५ सय र १ हजारको टिकटको व्यवस्था गरिएको छ । 

यस कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था, दाता, सदस्यहरु र टिकट बिक्रिबाट आर्थिक आम्दानी भएको आयोजकले जनाएको छ । कार्यक्रमबाट बचत रकम भविष्यमा पोखरामा हुन लागेको अन्तराष्ट्रिय युवा सम्मेलनमा सहकार्य गर्ने र भावी कार्यक्रमहरु गर्नका लागि प्रयोग गरिने आयोजकले बताएको छ ।

Write a Comment