‘टिनएज’को अडियो जुकबक्स सार्वजनिक
8-September-2017


जकसन डटकम
पोखरा, २३ भदौँ
 
कात्तिक २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘टिनएज’को अडियो जुकबक्स सार्वजनिक भएको छ । जुकबक्समा ५ गीत समावेश छन् । ‘साला जिन्दगी बोर’, ‘अस्त्रले मर्दिन म’, ‘रुप तिम्रो’, ‘मेरी छोरी’ र ‘पल भरमै’ गीत जुकबक्समा समावेश छन् । जुकबक्समा समावेश फिल्मका गीतसंगीत सुमधुर छन् । 
 
दिनेश पाख्रिङको निर्देशनमा निर्माण भएको फिल्ममा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ । विरु मगर र चिनीमाया वाइवा फिल्मका निर्माता हुन् भने देविका खड्का र निर्मल स्यान्ताङ ’टिनएज’का सह—निर्माता हुन् । 
 
फिल्ममा विकास चौधरी, बसन्त सापकोटाको संगीत, राजेश पायल राई, कमल खत्री, राजु गुरुङ, अञ्जु पन्त, प्रविसा अधिकारी र टिका प्रसाईको गायन, डा. हरी बराल, हरी उप्रेती र सविना केसीको शब्द र बासु न्यौपानेको छायाँकन रहेको छ ।

 

Write a Comment

Events
Random Picks