माघमा ‘शेरबहादुर’ रिलिज हुने
9-September-2017


जकसन डटकम
पोखरा, २५ भदौँ

आर राजवंशी निर्दे्शित फिल्म ‘शेरबहादुर’को रिलिज मिति तय गरिएको छ। फिल्मको रिलिज मिति माघ २६ गतेलाई तय गर्दै निर्माण पक्षले पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन्। धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ। गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्दरसंगीत रहेको छ।

सिनेमाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने निर्माण युनिटले ‘शेरबहादुर’ घोषणाको समयमा नै जानकारी दिएको थियो।

Write a Comment

Events
Random Picks