छोटो पहिरनले ऋतिककी पूर्व पत्नीलाई दियो धोका, यसरी मिलाइरहिन्
10-September-2017


जकसन डटकम
पोखरा, २६ भदौँ

पछिल्ला दिनमा बलिउड सेलिब्रिटी, स्टार किड्स विभिन्न स्थानमा भेटिए । ऋतिक रोशनकी पूर्व श्रीमती सुजेन खान ओलिभ बार एण्ड किचन रेष्टुरेन्ट बाहिर भेटिइन् । उनले छोटो टप लगाएकी थिइन् जसका कारण उनले निकै समस्या झेल्नुपर्यो । उनी पूरा समय आफ्नो पहिरन मिलाउनमा नै व्यस्त देखिइन् । उनीसँगै अनु धवन पनि थिइन् । 

यस्तै, सलमान खानकी कथित प्रेमिका यूलिया वन्तुर बान्द्रामा कृति सेनन जुहूमा देखिइन् । श्रीदेवीकी छोरी जान्ह्वी कपूर डान्स सेसनपछि देखिइन् भने चंकी पाण्डेकी छोरी अनन्या पाण्डे जिमपछि फोटोग्राफरलाई पोज दिइरहिन् ।

शाहरुख खान, शंकर महादेवनको रेकर्डिङ स्टूडियो बाहिर देखिए । उनी क्यामरासँग सहज देखिएनन् । काजल अग्रवाल, अजय देवगन, इलियाना डिक्रुज, इमरान हाशमी, श्रिया सरन, एआर रहमानसहित विभिन्न सेलिब्रिटी एयरपोर्टमा देखिए । जेनेलिया डिसुजा किचन गार्डनबाहिर देखिइन् ।

Write a Comment

Events
Random Picks