कपिलको शो अब छिट्टै शुरु हुने
15-September-2017


जकसन डटकम
पोखरा, ३१ भदौँ

भारतीय कमेडियन कपिल शर्माको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ अहिले केही समयको लागि बन्द भएको छ। सोनी इन्टरटेनमेन्टबाट प्रसारण हुने शो को लागि दर्शकहरु अहिले निकै प्रतिक्षामा छन्।

कपिल यतिवेला आफ्नो स्वास्थ्य उपचारको लागि बेंगलुरुमा छन्। कामबाट केही समय ब्रेक लिएर आफुलाई समय दिएका कपिलको शो अब दर्शकले छिट्टै हेर्न पाउनेछन्।

स्रोतका अनुसार कपिलले शो को लागि अक्टोवरबाट शुुटिङ शुरु गर्नेछन्। यो उनको लागि पनि खुसीको खबर हो। साथीहरुसँगको झगडा र स्वास्थ्यको कारण कपिलको करीअर नै धरापमा परेको थियो।

तर अब उनले धमाकापुर्वक शो मा कमव्याक गर्ने भारतीय सञ्चारमातध्यममा उल्लेख छ।

Write a Comment

Events
Random Picks