फिल्म ‘अनुराग’ घोषणा भएको १० दिन नबित्दै एलिजाको हिरो फिल्मबाट बाहिरिए
15-September-2017


जकसन डटकम
पोखरा, ३१ भदौँ

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म ‘अनुराग’ निर्माण गर्ने घोषणा गरेको १० दिन नबित्दै फिल्मको अभिनेताले फिल्मबाट हात झिकेका छन्। आफै अभिनेत्री भएकी फिल्ममा उनको साथ  मोडल दिपक घिमिरेले दिने घोषणा भएको थियो।

भदौ २१ गते बुधबार एक कार्यक्रमबीच उनले फिल्म निर्माण गर्ने घोषणा गरेकी थिइन्। फिल्मको निर्देशक सत्यराज चौलागाईले बताएअनुसार घिमिरेले समय दिन नसकेपछि उनी फिल्मबाट बाहिरीएका हुन्।

अब उनको साट्टो अभिनेता सलोन बस्नेतसँग कुरा गरिएको चौलागाइले बताए। माया प्रेममा आधारीत फिल्म ‘अनुराग’मा कलाकार सरोज खनाल, रुपा राना, निर्मल शर्मा आदिले पनि अभिनय गर्नेछन्।

Write a Comment