मिस पोखराको तयारी पुरा
18-September-2017


उमा आलेमगर
पोखरा, ०३ असोज


यही असोज ५ गते पोखरामा हुने मेट्स ईन्टरनेश्नल मिस पोखरा २०१७ को तयारी पुरा भएको छ । मिस पोखराको नवौं संस्करणको उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक जेसीआई पोखराले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगिताको उपाधिको लागि १६ जना प्रतियोगिताहरु प्रतिष्प्रर्धा गर्दैछन। कास्की सहित ५ जिल्लाबाट सहभागि प्रतियोगिहरुले पोखरा सभागृहमा हुने फाईनल प्रतियोगिताको लागि आफ्नो सिप तथा कला एवं प्रतिभा प्रष्फुटन गर्ने भएका हुन ।

लागि ३७ जनाको आवेदनबाट छनौट भएकाहरुको करिब एक महिना प्रशिक्षण पछि फाईनल चरणमा उनीहरु उत्र्रिने भएको कार्यक्रम संयोजक शिव प्रसाद सापकोटाले जनाए । सन् १९९५ देखि सुरु भएको मिस पोखरा मोफसलमै सर्वा्धिक चर्चित प्रतियोगिता भएको संस्थाका अध्यक्ष शिव प्रसाद कोइरालाले बताए । उनका अनुसार मिस पोखराको ताज पहिरिने प्रतियोगीले मिस नेपालको प्रशिक्षणमा सिधै सहभागी हुन पाउने छन ।

मिस पोखरा २०१७ को विजेताले उपाधि सहित यामाहाको फ्यास्सिनो स्कुटरको सामथा नगद ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने छिन्। फस्ट रनरअपले ३० हजार र सेकेन्ड रनर अपले २० हजारको साथमा गिफ्टह्याम्पर पाउने छिन । विभन्नि १० वटा सब–टाइटल समेत घोषणा गरिने भएको छ। प्रतियोगिता सम्पन्न गर्न २३ लाख खर्च लाग्ने अध्यक्ष कोईरालाले बताए । प्रतियोगिहरुसंग जनहि ९ हजार ९ सय ९९ रुपैया लिईएको थियो भने प्रतियोगिताको फाईनलमा प्रबेश टिकट भने ५ सय र एक हजार रहेको छ। प्रतियोगिताको कोरियो ग्राफियोको रुपमा रहेकी पुर्व मिस नेपाल उषा खड्गीले यस्ता सौन्दर्य प्रतियोगिताले महिलाहरुको सिम, दक्षता र शशत्तिकरणमा महत्वुपर्ण भुमिका खेल्ने दाबी गरिन ।

प्रतियोगितालाई मुख्य प्रायोजक मेट्स इन्टरनेसनल एजुकेशन एन्ड भिजा सर्भिसेज, पोखरा रहेको छ । सह–प्रायोजकमा यामाहा फ्यास्सिनो स्कुटर रहेको छ । पोखरा लेखनाथ महानगरपालिका र नेपाल पर्यटन वोर्ड पोखरा बिषेश सहयोगिको रुपमा रहेका हुन ।
 

Write a Comment

Events
Random Picks