अभिनेत्री ऋचाको कस्तो होला ‘सुनकेसरी’ ?
18-September-2017


जकसन डटकम
पोखरा, ०३ असोज

पहिलो चलचित्रको ब्यवसाहिक सफलताले थन्किएका धेरै निर्माता यो क्षेत्रमा । अभिनेत्री ऋचा शर्माले भने फेरी अर्काे चलचित्र निर्माण गर्ने भएकी छन् । उनले बनाएको पहिलो चलचित्र ‘आधा लभ’गत जेठमा प्रदर्शनमा आएको थियो ।
अर्पण थापाको निर्देशनमै उनले फेरी चलचित्र बनाउन लागेकी हुन् । ‘सुनकेसरी’ नाम जुर्याइएको चलचित्रको अहिले अष्ट्रेलियामा छायाँकन भइरहेको छ । ऋचाले चलचित्र अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा निर्माण गर्न लागेकी हुन् । चलचित्र ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारले अभिनय रहनेछ ।

कार्यक्रममा निर्देशक अर्पण थापाले चलचित्र प्रविधिक रुपमा निकै बलियो बन्ने बताए । उनले भने, ‘नेपालमा हरर चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ । तर, आजसम्म बनेका चलचित्रले दर्शकका अपेक्षा पुरा गर्न सकेका छैनन् ।’

Write a Comment

Events
Random Picks