शकिराको नयाँ गीत सार्वजनिक
18-September-2017


जकसन डटकम
पोखरा, ०३ असोज

कोलम्बियन गायिका शकिराको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘पेर्रो फिल’ बोलको स्पेनी भाषामा गाइएको यो गीतमा शकिराले पुर्तो रिकन गायक तर्था यापर निकी ज्यामसँग सहकार्य गरेकी छन्।

केही सातादेखि सामाजिक सञ्जालमा नयाँ भिडियोका छोटा दृश्य (क्लिप) राख्दै आएकी शकिराले सेप्टेम्बर १५ मा आधिकारीकरुपमा सार्वजनिक गरेकी हुन्।

बार्सिलोनामा छायांकन भिडियोका निर्देशक जेमी डे लाइगुआना हुन्। गीतमा शकिरा र निकीको तालमेल निकै रमाइलो देखाइएको छ।सदाझैं शकिराको नृत्य यो गीतमा पनि एकदमै आकर्षक र ग्लामरस छ।

Write a Comment

Events
Random Picks