मिस सुनार नेपाल सम्पन्न, अखिलाले चुमिन ताज
24-September-2017


जकसन डटकम
पोखरा, ०९ असोज

सुनार समुदायको युवतीहरुलाई लक्षित गरि आयोजना गरेको मिस सुनार नेपाल २०१७ को उपाधि अखिला सुनारले जित्न सफल भईन् । “नेपालमा मोडलिङ पेशा फस्टाउन सकेको छैन यसलाई सुधार्न के के गर्नु पर्ला ?” भन्ने निर्णायकको अन्तिम प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै अखिलाले निर्णायकहरुको मन जित्न सफल भई मिस सुनार नेपाल २०१७ की बिजेता बन्न सफल भएकी थिइन् । 

उनले १० तोलाको चाँदीको उपाधी क्राउनसँगै पचास हजार रुपैया नगद र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरिन् । उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । १५ प्रतिस्पर्धीहरुबाट दोश्रो चरणमा १० जना, तेश्रो चरणमा छ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तीम निर्णय आएको थियो ।

प्रतिस्पर्धीको मूल्याङकनका लागि चलचित्र निर्देशक तथा गायक नेत्र गुरुङ, मिस्टर पोखरा २०११ त्था मोडल निरज पन्त, मिसेस तिज २०६८ तथा सञ्चारकर्मी, सौन्दर्यकर्मी रोजी श्रेष्ठ, प्रथम मिस सुनारकी सेकेन्ड रनरअप शिला सुनार र समाजसेबी तथा ब्यबसायी प्रकाश शेर्पाइलीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

सुनार समुदायका युवतीहरूको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले पिएसथा इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा सम्पन्न ग्राण्ड फिनालेबाट द्वष्टि सुनारले फस्ट रनरअप, अश्मिता सुनारले सेकेण्ड रनरअप र सपना सुनारले अर्गनाइजर च्वाईसको उपाधि चुम्न सफल भए । फस्ट रनरअप द्वष्टिले ताजसंगै बीस हजार रुपैया नगद र सेकेण्ड रनरअप अश्मिता सुनारले दश हजार रुपैया नगदसँगै अन्य गिफ्ट ह्Þयाम्पर प्राप्त गरेका थिए । त्यस्तै गरि प्रतियोगितामा अन्य आठ ओटा बिभिन्न सबटाइटल मार्फत पनि अवार्ड प्रदान गरिएको थियो ।

सञ्चारकर्मी एवं कोरियोग्राफर सुरज थापा र इनिशा दुरामगरले सञ्चालन गरेको कार्यक्रममा नेपालकै चर्चित डान्स ग्रुप कार्टुनिज क्रु र कास्की जुनतारा बिजेता सुभेच्छा तामाङको नृत्यले थप मनोरञ्जन थपेको थियो । साथै स्थानिय कलाकारहरुले नृत्य तथा सांगीतिक प्रस्तुतीहरु राखेका थिए ।

करिब ५ घण्टा सम्म चलेको उक्त प्रतियोगिताको कोरियोग्राफी नेपाल नेक्स्ट टप मोडल सिजन दुईकी बिजेता एवं मोडल मुस्कान घोताने सुनारले गरेकी थिईन् ।

Write a Comment