यी पाकिस्तानी अभिनेत्रीसँगको सम्बन्धबारे बोले रणबीर !
25-September-2017


जकसन डटकम
पोखरा, ०९ असोज

बलिउड अभिनेता रणबीर कपूर र पाकिस्तानी अभिनेत्री माहिरा खानको सँगै चुरोट खाएको तस्वीर सार्वजनिक भएपछि उनीहरुको चर्चा चुलिएको छ। उनीहरुको सँगै बसेर चुरोट खाएको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल हुँदै गएको छ। यो तस्वीरले अहिले भारत र पाकिस्तानमा चर्चा बटुलेको छ।

कति मानिसले माहिराको चुरोट पिउने र छोटो लुगा लगाएको बिषयमाथि निकै आपत्तिजनक कमेन्ट गरको छन्। तर यस विषयमा माहिराले केही बोलेका छैनन्। तर रणबीर कपूरले भने यस विषयमा एक विज्ञप्ति जारी गर्दै माहिरा र आफ्नो सम्बन्ध बारे खुलाएका छन्। उनले भनेका छन्,‘मैले व्यक्तिगत कारणले माहिरालाई केही महिनादेखि चिनेको छु। 

उनले जीवनमा जे पनि उपलब्धि हासिल गरेकी छन्, जस्तो खालको उनी हुन् म उनलाई निकै सम्मान गर्छु। जुन तरिकाले उनलाई मानिसहरु बुझिरहेका छन् र गाली गरिरहेका छन् यो निकै गलत हो। अझ उनी महिला भएको कारण यस्तो असमान तुलना गर्नु निकै दुखको कुरा हो।’रणबीरले सबैसँग नकरात्मकता नफैलाउन अनुरोध गर्दै शान्तिसँग बस्न आग्रह गरेका छन्। उनले बिज्ञप्तिको अन्तिममा लेखेका छन्,‘धुम्रपान र घृणा दुवै स्वास्थ्यको लागि हानिकारक छ।’

Write a Comment

Events
Random Picks