रजनीकान्त र अक्षयको फिल्म ‘२.०’ चीनका १५ हजार हलमा प्रदर्शन हुने
25-September-2017


जकसन डटकम
पोखरा, ०९ असोज

साउथका सुपरस्टार जननीकान्त र बलिउडका स्टार अक्षय कुमारको फिल्म ‘२.०’ को प्रतिक्षामा दर्शक छन्। फिल्मको रिलिज मिति पटकपटक सर्दा दर्शक निराश भएपनि अब फिल्म जनावरीमा रिलिज गर्ने पक्का भएको छ। फिल्म ‘बाहुबली’पछि यो फिल्मको बजेट निकै माथि छ। मेघा बजेटको फिल्मको गीतमा पैशा पानी बगाएझैं बगाइएको छ। यसैगरि फिल्मको प्रमोशनको लागि निर्माण पक्षले करोडौं रुपैया छुट्टाएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ।

यस फिल्मलाई चीनमा १५ हजारभन्दा बढी स्क्रीनमा देखाइने भएको छ। तर मिति भने तोकिएको छैन। चीनमा भारतीय फिल्मको प्रभाव बढेसँगै रजनीकान्त र अक्षयको यस फिल्मले धेरै स्क्रीन पाएको छ।

नत्र भारतीय फिल्मले यति धेरै स्क्रीन पाउन गार्हो छ। यसअघि आमरिको फिल्म ‘दंगल’ले पनि चीनमा राम्रो स्थान पाएको थियो। फिल्ममा रजनीकान्तलाई बलिउड अभिनेता अक्षय कुमार र हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएका छन्। अक्षयले फिल्ममा भिलेनको भूमिका निभाएका छन्। रजनीकान्तको रोबोटको सिक्वेल फिल्म २.० लाई एस शंकर के ले निर्देशन गरेका छन्।

Write a Comment