‘सुपर ३०’ मा ऋतिक रोशन गणित शिक्षक बन्ने
25-September-2017


जकसन डटकम
पोखरा, १० असोज

बलिउडका सुपरस्टार आनंद कुमारको बायोपिकमा बन्ने फिल्म सुपर ३० को मुख्य पात्रको विषयमा बलिउडमा निकै चर्चा चलेको छ। केही समय अगाडी आनंद कुमारको बायोपिकमा ऋतिक रोशनले आनंद कुमारको भूमिका निर्वाह गर्ने खबर आएको थियो। तर फेरी यस फिल्ममा अक्षयले खेल्ने हल्ला चलेको थियो।

तर अब यो फिल्ममा ऋतिक रोशनले नै आनंद कुमारको भूमिका निर्वाह गर्ने भएका छन्। यसबारे ट्रेड विषेशज्ञ तरण आर्दशले जानकारी दिएका छन्। फिल्ममा उनी गणित शिक्षक बन्ने छन्।

यस फिल्मलाई विकाश बहलले निर्देशन गर्नेछन्। आनंद कुमारले पनि ऋतिक रोशनले आफ्नो भूमिका निर्वाह गर्न लागेकोमा एक भारतीय प्रमुख पत्रिका मार्फत खुसी व्यक्त गरेका छन्। उनले ऋतिकले आफ्नो वायोपिकलाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे। उनले ऋतिकलाई आनंद कुमार भएको देख्न निकै उत्साहित भएको बताए।

Write a Comment

Events
Random Picks