यस्तो छ सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ ट्रेलर
26-September-2017

जकसन डटकम
पोखरा, १० असोज

कात्तिक १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । केही दिन अगाडि ‘चोली’ बोलको गीत सार्वजनिक गरेको निर्माण पक्षले सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलर कमेडी संवादले भरिएको छ ।

फिल्ममा नायक सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाहा गरेका छन् । फिल्मको ट्रेलर हेर्दा यसले बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको स्पष्ट हुन्छ । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ’जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् । 

फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

Write a Comment

Events
Random Picks