नेपाल आइडलपछि अर्को रियालिटी शोस् सिङगिङ र डान्स प्रतिभाको खोजीमा सनसाइन प्रोडक्सन
26-September-2017


जकसन डटकम
पोखरा, ११ असोज

पहिलो पटक नेपालमा नेपाल आईडल रियालिटी सो को आयोजना भयो तर केही समयअघिदेखि नै केही प्रोडक्सन हाउसले भने लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन भन्दै विभिन्न रियालिटी सो हुदै आइरहेको छ । 

यसबीचमा सिङगिङ स्टार र डान्स स्टारको खोजीमा सनसाइन प्रोडक्सन हाउस लागेका छन् । स्थानीय तहमा लुकेर बसेका प्रतिभाको खोजीमा सनसाइन हाउसले सिङगिङ स्टारको रुपमा ‘लैवरी लै’ र डान्स स्टारको खोजीमा योङ स्टार डान्स कम्पीटिसन (वाईएसडी) अव दशैं लगत्तै तिहारअघि प्रशारणको तयारीमा जुटेका छन् । 

बालबालिकालाई लक्षित गरिएको लैवरी लै र ‘योङ स्टार डान्स कम्पिटिसन (वाईएसडी) को अडिसन राउण्ड सम्पन्न गरिसकेको सनसाईन प्रोडक्सनकी निर्देशक प्रमिला तामाङले बताइन् । देशका विभिन्न स्थान धादिङ, हेटौडा, काभ्रे, उदयपुरको बेल्टार, गाईघाट  र नुवाकोटमा पुगेर अडिसन राउण्ड सम्पन्न भइसकेको छ । उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौमा समेत अडिसन लिइसकिएको छ । अव प्रशारणको अन्तिम चरणमा पुगेको निर्देशक प्रमिला तामाङले जानकारी दिइन् । 

सनसाइन प्रोडक्सनको यो रियाली टि सोमा सातदेखि १२ वर्षका विद्यार्थीलाई जुनियर र १३ देखि २० वर्षका किशोरकिशोरीलाई सिनियरतर्पm सहभागी गराइएको छ । राजधानीमा मात्र चार सय भन्दा बढि स्कुलका विद्यार्थीहरुले अडिसन राउण्डमा सहभागी भएको जनाएको छ । लैबरी लै सिङगिङ सोको निर्णायकहरुमा तेजवती जोशी, नारायण लामा र गोपाल तामाङ रहेका छन् ।

त्यस्तै, योङ स्टार डान्स कम्पिटिसनका निर्णायकहरुमा कृष्ण विराज, विजय घिसिङ रहेका छन् ।  बालबालिकामा रहेका गायन र नृत्य प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो रियालिटी सो गर्दै आएको सनसाइनकी निर्देशक प्रमिला तामाङको भनाई छ । सिङ्गिङ् र डान्स सोको प्रशारण राष्ट्रिय टेलिभिजनबाट गरिने तयारी गरिरहेको जनाइएको छ । 

Write a Comment

Events
Random Picks