
जकसन डटकम
पोखरा, १२ असोज
मंसिर १ गते रिलीज हुने फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज भएको छ । नायिका नीशा अधिकारी निर्मित फिल्मको ’तिमीलाई सानी’ बोलको गीत रिलीज भएको हो ।
सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ । सनिश सुनुवारको शब्द(संगीत छ । यो गीतला कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी हुन् ।
सिमोस सुनवारले निर्देशन गरेको यो फिल्ममा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ ।