के तपाइले फेसबुकमा तस्बिर राख्नुभएको छ? अब तस्बिर नभएपनि फेसबुकले पहिचान गर्ने
28-June-2015

सामाजिक सञ्जाल फेसबुकले तस्बिरमा अनुहार नदेखिएको अवस्थामा पनि व्यक्तिलाई पहिचान गर्न सक्ने फेसियल रिकगनाइजेसन प्रविधिको विकास गर्ने भएको छ । नयाँ प्रविधिले तस्बिरमा अनुहार नदेखिएका व्यक्तिलाई पनि पहिचान गर्ने फेसबुकले जनाएको छ ।

तस्बिरमा अनुहार देखिएका व्यक्तिलाई पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा आइसकेको छ । त्यो प्रविधि सफल भएको र त्यसमा थप सुधार गर्नका लागि अनुहार नदेखिएका व्यक्तिको पहिचान गर्ने प्रविधिको परीक्षण गरिएको फेसबुकले जनाएको छ ।

नयाँ प्रविधिको प्रभावकारिता परीक्षण गर्न तस्बिरमा अनुहार नदेखिएका ४० हजार तस्बिर लिएको र यो प्रविधिले ८३ प्रतिशत व्यक्तिलाई सही पहिचान गरेको फेसबुकले जनाएको छ ।

नयाँ प्रविधिले व्यक्तिको पहिचानका लागि कपाल, लुगा तथा शारीरिक संरचनाको विश्लेषण गर्नेछ । यो नयाँ प्रविधि अहिले परीक्षणको चरणमा रहेको फेसबुकले जनाएको । तर छिट्टै नै थप परीक्षण र सुधार गरेर यसलाई एपको रुपमा ल्याउने फेसबुकको तयारी छ ।

Write a Comment

Events
Random Picks