अभिनेत्री सेलिना जेट्लीको छोराको मृत्यु
6-October-2017

जकसन डटकम
पोखरा, २१ असोज

बलिउड अभिनेत्री सेलिना जेट्लीको एक महिना पनि पूरा भएको छोराको मृत्यु भएको छ। होटल व्यवसायी पिटर हागसँग विवाह गरेकी सेलिनाले गत सेप्टेम्बर १० मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। अर्थर र शमशेर नाम राखिएका ती जुम्ल्याहा छोरामध्ये शमशेरको मृत्यु भएको सेलिना आफैंले जानकारी दिएकी हुन्।

सामाजिक सञ्जालमा एक पत्र पोस्ट गर्दै उनले आफू निकै दुखी भएको बताएकी भारतीय समाचारमाध्यम एनडिटिभी लगायतले जनाएका छन्। दुई महिनाअघि मात्रै आफ्नो बुवाको निधन भएको र आफूलाई सम्हाल्न खोजिरहेका बेला छोराको मृत्यु सहन गाह्रो भएको उनले बताएकी छन्।

सेलिनाका छोरा शमशेर जन्मदैं मुटु रोगबाट ग्रसित थिए। शमशेर र अर्थरभन्दा अघि पनि सेलिना र पिटरका जुम्ल्याहा नै छोरा विन्सटन र विराज छन्। उनीहरु ५ वर्षका भए।

 

Write a Comment