मिस पश्चिमाञ्चल मञ्जु थापालाई सुजुकी स्कुटर
12-October-2017

जकसन डटकम

पोखरा, २६ असोज

सेन्मिगल मिस कल्चर पश्चिमाञ्चललाई सुजुकी लेट्स स्कुटर हस्तान्तर गरिएको छ ।  प्रतियोगिताको स्पोन्सर हिमालयन अटो वल्र्डले सहमती बमोजिम मिस कल्चर पश्चिमाञ्चलकी बिजेता मञ्जु थापा लाई बिहिबार एक कार्यक्रमका बीच स्कुटर हस्तान्तर गरिएको हो । 

भिजि अटो मोवाईल्स सुजुकी कम्पनीको आधिकारिक विक्रेता हिमालयन अटो वल्र्डलका प्रवन्ध निर्देशक धु्रव थापा, पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतम र कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरीका सेल्स म्यानेजर सुदिपराज बिष्टले मिसकल्चर पश्चिमाञ्चल थापालाई स्कुटरको चापी हस्तान्तरण गरेको हो । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि हिमाल अटो वल्र्डका संचालक थापाले राम्रो उद्देश्यका निम्ति कार्यक्रम गरिएकोले सदैव यस्ता कार्यक्रमममा साथ सहयोग र समर्थ रहने बताए । कार्यक्रमको सभापति शोभा गौतमले विगत लामो समयदेखि संस्कृति संरक्षण गर्ने उद्देश्यले गर्दै आइरहेको विभिन्न कार्यक्रममा सहयोग गरेकोमा आभार प्रकट गर्दै सहयोगको उच्च कदर गर्ने बताइन् । 

कार्यक्रममा हिमाल अटो वल्र्डका संचालिका मिलन थापा, गोर्खा बु्रअरीका म्यानेजरहरू चक्र बोहरा, सुमन रेग्मी, एशुडा फुर्डस (लाली चाउचाउ)का सेल्स एक्जुकेटिभ छविलाल शर्मा, म्यानेजर गोपाल सापकोटा र मूल आयोजक समितिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कार्यक्रम संयोजक दिनेश शर्माले गरेका थिए । गत बैशाखमा सभागृहलमा भएको ग्राण्ड फिनालेमा १३ जना प्रतिस्पिर्धीलाई पछि पार्दै मञ्जु थापाले उपाधी जितेकी थिइन् । 

 

Events
Random Picks