आफ्नै बहिनीको प्रेमीसँग प्रेम गर्थिन् विद्या वालन!
12-October-2017


जकसन डटकम
पोखरा, २७ असोज

बलिउड अभिनेत्री विद्या वालन हिजोआज आफ्नो आगामी फिल्म ‘तुम्हारी सुलु’को कारण चर्चामा छिन्। हरेक फिल्ममा बिद्या फरक भूमिका र दमदार अभिनयको कारण बलिउडमा आफ्नो फरक स्थान बनाउन सफल छिन्। आफ्नो खुला धारणा राखेर उनी प्राय चर्चामा आउने गर्छिन्। हालै विद्याले आफ्नो निजी जीवनबारे धेरे खुलासा गरेकी छिन्। उनी नेहा धुपियाको शो ‘नो फिल्टर नेहा’मा पुगेकी थिइन्। शो मा उनले आफ्नो स्कुल कलेजका दिनको सम्झना गर्दै आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छन्।

विद्याले कलेजको समयमा आफुलाई एकजनाप्रति एकतर्फी प्रेम भएको बताइन्। तर ती व्यक्तिले विद्याको बहिनीलाई प्रेम गर्थे। विद्याले भनिन्,‘तपाइलाई थाहा छैन की मैले आफुलाई शहिदको जस्तो महसुस गर्थें। किनकी जब मलाई थाहा भयो उनी मेरो बहिनीलाई प्रेम गर्छन् मैले आफ्नो बाटो नै बदलें।’ उनले यो सब कुरामा आफुलाई निकै अचम्म लागेको बताउँदै ती व्यक्तिको बारेमा सोच्न छाडेर अर्को व्यक्तिसँग डेट सुरु गरेको बताइन्।

उनले भनिन्,’मैले सोचेँ सायद उनी मेरो भिनाजु बन्न सक्छन्। अनि मैले मेरो प्रेमलाई छाड्ने निर्णय लिँए।’ विद्या वालनको बहिनीको नाम प्रिया बालन हो। अहिले उनी विज्ञापन क्षेत्रमा काम गर्छिन्। दक्षिण भारतीय फिल्मकी अभिनेत्री प्रियामणि विद्याको नाताको बहिनी हुन्। बिद्या नेहाको शो मा आफ्नो फिल्म ‘तुम्हारी शुलु’को प्रचारको लागि पुगेकी थिइन्।

विद्या छिट्टै नै फिल्म ‘तुम्हारी सुलु’मा देखिँदै छिन्। सुरेश त्रिवेणीको निर्देशनमा बनीरहेको फिल्मको कथा सुलोचना नाम गरेकी एक महिलाको वरिपरि नै घुम्छ। उनी आरजे हुन् र अफ्नो सहयोगी एंकरसँग राति अवेरसम्म प्रसारित हुने एक कार्यक्रम सञ्चालन गर्छिन। एउटा गृहणीबाट राति अवेरसम्म रेडियोमा कार्यक्रम सञ्चालन गर्ने रेडियो जक्कीको भूमिकामा विद्या छिन्। विद्या यसअघि फिल्म ‘लगे रहो मुन्ना भाई’ मा रेडियो जक्कीको भूमिकामा देखिएकी थिइन्।

फिल्म नारीवादी भएको र एक महिलाको चरित्र र उसको स्वतन्त्रलाई फिल्ममा उतारिएको बताइएको छ। अहिले विद्या फिल्मको प्रचारमा निकै व्यस्त छिन्। फिल्ममा बलिउडको सुपरहिट फिल्म ‘मिस्टर इन्डिया’को अभिनेत्री श्रीदेवी नाचेको गीत हवाई हवाई पनि समावेस गरिएको छ। जसको लागि विद्याले श्रीदेवीको अनुमति लिएकी थिइन्।

‘तुम्हारी सुलु’ २४ नोवेम्बरमा रिलिज हुने भनिएको थियो तर अब १७ नोवेम्बरमै रिलिज हुने भएको छ। निर्माण पक्षले सन्जय लिला भन्नसालीको फिल्म ‘पद्मावती’ सँग नजुधाउन मिति सारेका हुन्। फिल्मको निर्देशन सुरेश त्रिभेणीले गरेका हुन्। विद्या वालनको फिल्म बेगम जान’, ‘कहानी’, ‘कहानी २’, ‘द डर्टी पिक्चर’, ‘हमारी अधुरी कहानी’, ‘इस्कीया’ बलिउडमा सुपरहिट छन्।