‘ह्याप्पी न्यु ईयर मेरो लागि ड्रिम प्रोजेक्ट हो’’—कुशल थापा
16-October-2017

 

उमा आलेमगर
पोखरा, ३० असोज


देव कुमार श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘ह्याप्पी न्यु ईयर’ को पहिलो गीत सार्वजनिक  भएको  छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले फिल्मको ‘ह्याप्पी न्यु ईयर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

 सार्वजनिक रोमान्टिक गीतमा अभिनेता कुशल थापा र अभिनेत्री सन्ध्या केसी फिचरिंग छन्  । नवराज बस्नेतको स्वर र  विनोद ढकालको शब्द तथा संगीत समावेश यस गीतलाई अष्ट्रेलिया र नेपालमा खिचिएको हो । गीतमा रोहन नेपालीको  कोरियोग्राफी रहेको छ ।

कार्यक्रममा अभिनेता कुशलले यो फिल्म उनका लागि ड्रिम प्रोजेक्ट रहेको बताए ।  साथै उनले भने  ‘’म धेरै भौतारिदै हिंडे , लगभाग ४,५ वर्ष भौतारिएर हिंडे  फिल्म गर्ने गर्ने भनेर कति निर्देशक हिरो हिरोईनको पछी लाँगे तर फिल्म बनेन अनि स्क्रिप्ट दराजमा थन्काएर राखे ।‘’ तर पछी क्यानडा जाने क्रममा फिल्म बनाउने  निर्णय भएपछी फिल्मको स्क्रिप्ट फेरी दराजबाट निकालेको सम्झना उनले मिडिया सामु बताए  ।

रती श्रेष्ठको प्रस्तुती रहेको फिल्मको अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको  हो । कृषल थापा निर्माताको निर्माणमा बनेको फिल्म  अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारि पुष १४मा प्रदर्शन हुनेछ । 

आरके  एम प्रोडक्सनको व्यानरमा निर्मित फिल्म प्रेमकथामा आधारित छ ।  मनोज अधिकारी लाइन प्रोड्युसर रहेको यस  फिल्ममा कुशल र संध्यासंगै  पुकार गौतम, केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेको यस फिल्ममा विनोद ढकाल ,टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

Write a Comment

Events
Random Picks