यसरी हाने ‘रुम नं. १०८’ मा सलोनले ¥याप
16-October-2017


जकसन डटकम
पोखरा, ३१ असोज

युवा पुस्तामाझ चर्चित नायक सलोन बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘रुम नं. १०८’ बोलको गीतमा सलोन र अर्का नायक आमेष भण्डारीको स्वर सुन्न सकिन्छ । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ । यसअघि सलोनले आफू अभिनित फिल्म ’बाबु कान्छा’र्मा याप हानेका थिए । 
 
फिल्म ‘मेला’मार्फत पर्दामा एकसाथ देखिन लागेका सलोन र आमेष निकै मिल्ने साथी हुन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ’बाबु कान्छा’ मंसीर १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
शिशिर खातीको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीतमा सलोन र आमेषसँगै गिरिश खतिवडा पनि फिचरिङ छन् । 

Write a Comment

Events
Random Picks