‘रेस ३’ मा सलमानसँग देखिनेछन् बबी
16-October-2017


जकसन डटकम
पोखरा, ३१ असोज

बलिउड अभिनेता बबी देओल नयाँ एक्सन थ्रिलर फिल्म ‘रेस ३’ मा सुपरस्टार सलमान खानसँग देखिने भएका छन् । बबीले ट्विट्मार्फत यस विषयमा औपचारिक जानकारी दिँदै लेखेका छन्, “म यो टीमसँग काम गर्न पाउँदा निकै खुसी महशुस गरेको छु । ‘रेस ३’।”
 
टिप्स इन्डस्ट्रीज लिमिटेडको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्माता रमेश तौरानी हुन् । उनले केही दिन अगाडि ट्विट्मार्फत बबीलाई फिल्मको टीममा स्वागत गरेका छन् । तौरानीले ट्विट् गर्दै लेखे, “बबी देओल हाम्रो परिवारमा तिमीलाई स्वागत छ । सलमान खान, ज्याकलीन फर्नाडीज । ‘रेस ३’ ईद २०१८ ।”
 
बबीले पछिल्लो पटक अभिनेता श्रेयस तलपडेको निर्देशनमा बनेको पहिलो फिल्म ‘पोस्टर ब्वाइज’ मा आफ्नो दाई सनी देओलसँग देखिएका थिए । चर्चित कोरियोग्राफर तथा फिल्म निर्माता रेमो डीसूजा ‘रेस ३’ का निर्देशक हुन् ।  

Write a Comment