मेलिनाले ल्याइन् ‘गाइदेउन गीत ए कान्छा’
18-October-2017


जकसन डटकम
पोखरा, ०२ कात्र्तिक

चर्चित गायिका मेलिना राइले शुभ दिपावलीको छेको पारेर ‘गाइदेउन गीत ए कान्छा’ बोलको नयाँ गीत ल्याएकी छन् । लोक आधुनिक शैलीमा तयार पारिएको गीत तथा गीतमाथी बनेको भिडियो राजाधानीमा एक कार्यक्रम गर्दै उनले सार्वजनिक गरेकी हुन् । 

सुन्दैमा नाचौँ नाचौँ लाग्ने गीतमा प्रमोद श्रेष्ठको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा केही कोरसका साथमा अस्मिता बुढाथोकीले मोडलिङ गरेकी छन् ।