एलिजाको ‘अनुराग’मा पल होइन समुन्द्र भित्रिए
20-October-2017


जकसन डटकम
पोखरा, ०४ कात्र्तिक

पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘अनुराग’ यतिबेला विभिन्न कारणले चर्चामा छ । फिल्म निर्माण घोषणाको समयमा मोडल दीपक घिमिरे मुख्य भूमिकामा रहने फाइनल भएको थियो । तर, केहीदिन अगाडि मात्र दीपकले फिल्मबाट हात झिके । दीपकपछि एलिजासँग सलोन बस्नेतले रोमान्स गर्ने चर्चा चल्यो । सलोनले पनि फिल्म गर्न मानेनन् । 
 
सलोन हुँदै फिल्मको अफर नायक पल शाहसम्म पुग्यो । पलले १८ लाख पारिश्रमिक मागेपछि ‘अनुराग’ टिमले फेरि नयाँ हिरो खोज्यो । छठपछि फ्लोरमा जाने फिल्मका लागि एलिजाले बल्ल नयाँ नायक भेटेकी छिन् । अब ‘अनुराग’मा एलिजासँग नव(नायक समुन्द्र पण्डितले रोमान्स गर्ने पक्का भएको छ । लक्ष्मीपुजाको अवसर पारेर ‘अनुराग’ टिमले दक्षिणकाली पुगेर स्क्रिप्ट पुजा र्गयो ।
 
करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलामा हुनेछ । फिल्ममा एलिजा र समुन्द्रका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक सत्यराज चौलागाई हुन् । 
 
फिल्ममा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ । 

Events
Random Picks