‘तान्द्रो’ गीतमा बिदा माग्दैछन् दयाहाङ
25-October-2017

जकसन डटकम
पोखरा, ०९ कात्र्तिक

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’को गीत रिलिज भएको छ । माओवादी युद्धकालको घट्ना सम्झाउने ‘अब मलाई बिदा देउ’ बोलको गीतमा टिसुजिल कर्माचार्यको शब्द तथा संगीत छ । 
 
विभिन्न अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’मा नायक दयाहाङ राईको मुख्य भूमिका छ । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘तान्द्रो’का कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतिस कुमार गौतम हुन् । 
 
वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् । 
 
साम्तेन भुटियाको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको हो । 

Write a Comment