निखिलले प्राविधिकलाई पैसा नदिएपछि रोकियो ‘कमिटमेन्ट’को छायांकन
1-November-2017


जकसन डटकम
पोखरा, १६ कात्र्तिक
 
नायक निखिल उप्रेतीको अभिनय, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ’कमिटमेन्ट सिक्स्टी आवर्स’को छायांकन रोकिएको छ । खबरका अनुसार, करीब २ महिनादेखि यो फिल्मको छायांकन भएको छैन । पारिश्रमिक नपाएको भन्दै १९ जना प्राविधिकले काम छाडेपछि फिल्मको छायांकन अगाडि बढ्न नसकेको हो । 
 
चलचित्र प्राविधिक संघको पहलमा काम छाडेका प्राविधिक र निखिलबीच १५ दिनभित्र पारिश्रमिक दिने सहमती भएको छ । निखिलले प्राविधिकलाई ७ लाख बराबरको पारिश्रमिक दिन बाँकी छ ।  फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, ’कमिटमेन्ट’को ३० प्रतिशत मात्र छायांकन सकिएको छ । 
 
यो फिल्मको छायांकन नेपाल, अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा हुँदैछ । ’कमिटमेन्ट’मा निखिलले आफ्नै साली सिवानी लुइँटेलसँग रोमान्स गर्दैछन् । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्मको लागत ३ करोडमाथि बताइएको छ ।
 
फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको पनि मुख्य भूमिका छ । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा ३० प्रतिशत मात्र नेपाली भाषा हुनेछ । यो फिल्म निर्माणमा निखिलको होम प्रोडक्शन हाउसले पनि सहकार्य गरेको छ ।

 

Write a Comment

Events
Random Picks