धोनीको पत्नी बन्नका लागि आलिया र श्रद्धावीच प्रतिष्पर्धा
6-July-2015

मुम्बई, असार २१ 

भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको जीवनीमाथि बन्ने वायोपिक फिल्म 'एमएस धोनी- द अनटोल्ड स्टोरी'मा सुशान्त सिंहले महेन्द्र सिंह धोनीको भूमिका निभाउँदैछन्। धोनीको भूमिकाको तयारीमा उनी जुटिरहेका छन् तर फिल्ममा धोनीकी पत्नीको भूमिकालाई लिएर भने अझै दुविधा कायम रहेको छ।

सो भूमिकामा अभिनय गर्ने अभिनेत्रीको कास्टिङ् अझै जारी छ। सुरूमा फिल्ममा आलियाले अभिनय गर्ने बताइएको थियो तर हाल आएर निर्माण पक्षले उनको विकल्प खोजेको भारतीय संचार माध्यमले जनाएको छ। उनीहरुले आलियाको सट्टामा श्रद्धा कपुरलाई विकल्पमा राखेका छन्। पहिले फिल्ममा साक्षीको भूमिका छोटो बनाइएको थियो तर हाल धोनीको छोरीको जन्म भएपछि फिल्ममा उनको भूमिका बढाइएको छ। 

http://kala.setopati.com/bollywood/1382/

Write a Comment

Events
Random Picks