‘झ्यानाकुटी’ हिट भए निर्देशकलाई यस्तो दिदैछिन् नीशा !
5-November-2017


जकसन डटकम
पोखरा, २० कात्र्तिक

मंसिर १ गते नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनीत फिल्म ‘झ्यानाकुटी’ देशैभर एकसाथ प्रदर्शनमा आउँदैछ । कमेडी जनराको यो फिल्मको ’तिमीलाई सानी’ बोलको गीतले यतिबेला नेपाली बजारमा राम्रै धमका मच्चाइरहेको छ भने ट्रेलरले फिल्मलाई थप प्रतिक्षीत बनाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्देशक(निर्मातादेखि कलाकारहरु अहिले प्रचार(प्रसारमा खुब दौडिएको देख्न सकिन्छ । 
 
नायिका नीशा अधिकारीले पहिलो पटक ‘झ्यानाकुटी’मार्फत फिल्म निर्माणमा हात हालेकी हुन् । नीशालाई ’मिशन पैसा’बाट फिल्ममा डेब्यू गराउने निर्देशक सिमोस सुनुवार यो फिल्मका निर्देशक हुन् । फिल्म निर्माणमा नीशालाई सिमोसले पनि साथ दिएका छन् । यी दुवै फिल्म ‘झ्यानाकुटी’ हिट हुनेमा ढुक्क देखिन्छन् । 
 
निर्देशक सिमोस भन्छन्, ’राम्रो फिल्म बनाएका छौं त्यसैले दर्शकले ‘झ्यानाकुटी’ रुचाउनुहुन्छ भन्नेमा म र मेरो टीम ढुक्क छ ।’ नायिका तथा निर्मात्री नीशा अधिकारीले पनि फिल्मले दर्शक रिझाउन सफल हुने दावी गरिन् । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्देशक सुनुवारले ‘झ्यानाकुटी’ हिट भए नीशाको रियल जोडीलाई अमेरिका घुम्न पठाउने बचन दिए । यस्तै, निर्मात्री नीशाले फिल्म हिट भएको खण्डमा निर्देशक सुनुवारले मागेको चिज दिने बताइन् । 
 
झगडालु श्रीमान(श्रीमतिको कथा बोल्ने फिल्ममा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिस सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिस सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।

Write a Comment

Events
Random Picks