बलिउडकी यी नाइकाको हट तस्बिरले हंगामा
9-November-2017


जकसन डटकम
पोखरा, २४ कात्र्तिक

अभिनेत्री दिशा पटानी अहिले चलचित्र ‘बागी २’को सुटिङमा ब्यस्त छिन् । सुटिङमा ब्यस्त रहँदा रहँदै पनि उनले हालै एक फोटो सुट गराएकी छन् । उक्त सुटको एक तस्बिर उनले सामाजिक संजालबाट पनि शेयर गरेकी थिइन् । उक्त तस्बिर फ्यानले यो उनको अहिले सम्मकै हट पिस भएको प्रतिक्रिया दिएका छन् ।

शोसल मिडियाबाट सार्वजनिक बाहिर आएको उक्त तस्बिर सार्वजनिक बितिकै लाइका बर्षा भएको पाइएको छ । फ्यानले तस्बिर हेर्दै उनको तारिफ समेत गरेका छन् । तस्बिरका साथ उनले एक क्याप्सन पनि लेखेकी छन् ‘मैले तस्बिर एक म्यागजिनको लागि खिचाएकी हुँ ।’

बलिउडमा दिसा क्युट तथा लजालु अभिनेत्रीको रुपमा चिनिदै आएकी छन् । अहिले आएको तस्बिर केही हट नै भएको चर्चा छ । दिशा टाइगर श्रापकी गर्ल फ्रेण्डको रुपमा समेत चिनिदै आएकी छन् । ‘बागी २’मा पनि उनको अपोजित भुमिकामा टाइगरले नै अभिनय गरेका छन् ।

दिशाले सुशान्त राजपतका साथ चलचित्र ‘एमएस ध्वानी ःद अनटोल्ड स्टोरी’बाट बलिउड डेब्यु गरेकी हुन् । टाइगरका साथ रिलेशन सिपमा रहदै आएकी उनी टाइगरसँगको डेटमा धेरै पटक भेटिएकी छन् ।

Write a Comment

Events
Random Picks