विश्वमै बढी आम्दानी गर्ने सेलिब्रेटीमा ४ जना भारतीय
7-July-2015

एजेन्सी

फोब्र्स पत्रिकाले गतबर्ष सबैभन्दा बढी पैसा कमाउने विश्वका टप १०० सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ । जुन सूचीमा भारतका चार जना परेका छन् । फोब्र्सको सूचीमा एक नम्बरमा बक्सर फ्लायड मेवेदर छन् । जसले अघिल्लो बर्ष ३० करोड डलर कमाएका छन् । फोब्र्सको सूचीमा अमिताभ बच्चन र सलमान खानबीच निक्कै प्रतिस्पर्धा छ । दुवैले पछिल्लो १२ महिनामा ३ दशमलब ३५ करोड डलर आम्दानी गरेका छन् । दुवै जना ७१ औं नम्बरमा रहेका छन् ।

 अक्षयकुमार ३ दशमलब २५ करोड डलर आम्दानी गरी ७६ औं स्थानमा छन् ।त्यस्तै भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनी ८२ औं नम्बरमा छन् । उनको पछिल्लो १ बर्षको आम्दानी ३ दशमलब १ करोड डलर रहेको छ ।

http://nepalpati.com/entertainment/12071/The-celebrity-world-income-4-of-the-Indian

Write a Comment