६० लागे हरिबंश आचार्य,यस्ता छन् दुर्लभ तस्बिर
13-November-2017

नेपाली कलाकारिताका पर्याबाची नामकै रुपमा केहि बरिष्ट कलाकारहरुलाई चिन्ने गरिन्छ । जसमध्येका एक हुन् बरिष्ट कलाकार हरिबंश आचार्य ।

वि.स २०१४ मा काठमाण्डौंमा जन्मिएका हरिवंश हाँस्यव्याङ्ग्य क्षेत्रका सबैले सम्मान गर्ने कलाकार हुन् । जो आजका दिन ५९ बर्ष पार गर्दै ६० बर्षमा प्रबेश गरेका छन् । मदनकृष्ण श्रेष्ठसँग मह जोडी बाँधेर उनले दुई दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा योगदान दिंदै आइरहेका छन् । मनोरञ्जन तथा सामाजिक सन्देश प्रबाह गर्दै महजोडी सामाजिक रुपान्तरणका अभियन्ताका रुपमा निरन्तर लागिपरेका छन् ।

कलाकारिताको मात्र नभएर देशकै नाम समेत उच्च राख्न कलाकारको मुख्य भुमिका रहन्छ । यो जोडीले बिदेशी धेरै कार्यक्रमबाट देशको गौरब बढाएका छन् । 

‘चिना हराएका’ हरिवंश आचार्य नेपाली कलाकारिता क्षेत्रमा विभिन्न उपनामले परिचित छन् । उनले निभाएका थुप्रै पात्रहरु मध्ये हरि बहादुर सर्वाधिक चर्चित पात्र हो ।

‘हाम्री आमा’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारङ्गी रेटौंला’ जस्ता सदाबहार गीत गाएका हरिवंशले ‘लोभी पापी’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता फिल्ममा उनले दमदार अभिनय समेत गरेका छन । यि चलचित्र ५१ दिन देखी सय दिन मनाउन सफल पनि भएका थिए ।

दर्शक हँसाउने हरिवंश आफ्नो जीवनकालमा धेरै रोए । विशेष श्रीमती मिराको निधन हुँदा हरिवंश निकै रोएका थिए ।मिरा गुमाएको केहि समयमा उनले रमिलासँग दोश्रो बिहे गरेका हुन् । अहिले रमिला, मिरा तर्फका दुई छोरा र बुहारी सहित उनीहरुको परिवार निकै खुसी छ । हरिवंश हाल चलचित्र ‘सत्रुगते’ को छायाँकनमा व्यस्त छन् ।

खुसीमय परिवार



 

Write a Comment

Events
Random Picks