लगनगाँठो कसे शाहिद कपुरले
8-July-2015

मुम्बाई, असार २२ – बलिउड स्टार शाहिद कपूरले ४० जना जन्ति लिएर मंगेतर मीरा राजपूतलाई श्रीमती बनाएका छन् । दिल्लीको बाहिरी इलाका छत्रपुरस्थित एक फार्महाउसमा उनीहरुले बिहे गरेका हुन् । विवाहमा दुई परिवारका समेत गरेर झन्डै ४० जना सहभागि भए ।आजै साहिदले राखेको भव्य डिनरमा भने ३ सयभन्दा धेरैले सहभागि हुने बताइएको छ । गुडगाउँस्थित एक फाइभस्टार होटलमा साहिदले डिनर राखेका छन् ।

जुलाई १२ मा सादिले फेरि अर्को पार्टी राखेका छन् ।जहाँ बलिउडका थुप्रै स्टारहरु उपस्थित हुनेछन् । आज हुने डिनरमा भने इन्डियन तथा कन्टिनेन्टल भेज खाना राखिनेछ । साहिद र मीरा दुबैको परिवार राधा स्वामी सत्संग ग्रूपको सदस्य भएका कारण भेज खाना राखिएको हो । यसका साथै थुप्रै किसिमका जयपुरी पान पनि मेनुमा हुनेछ ।

 

 

 

 

 

 

http://www.ratopati.com/2015/07/07/246013.html

Events
Random Picks