१७ वर्षपछि अनिल र माधुरी गर्दैछन् रोमान्स
16-November-2017


जकसन डटकम
पोखरा, ०१ मंसिर

बलिउडका मिस्टर इन्डिया अनिल कपूर र धक(धक गर्ल माधुरी दीक्षितको सुपरहिट जोडी सिल्भर स्क्रिनमा फेरि एकपटक धमका मच्चाउने तयारीमा छ । अनिल र माधुरीको जोडीलाई ९० को दशकमा दर्शकले निकै रुचाएका थिए ।  यी दुईले तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया र बेटा जस्ता फिल्ममा एकसाथ काम गरेका छन् । 
 
करीब १७ अगाडि अनिल र माधुरीले फिल्म पुकारमा काम गरेका थिए । अब यो जोडी फेरि एकपटक सिल्भर स्क्रिनमा देखिँदैछ । इन्द्र कुमारले आफ्नो नयाँ फिल्म ‘धमाल’ को तेस्रो सिक्वेलका लागि माधुरीसँग सम्पर्क गरेका छन् भने उनको अपोजिटमा अनिल कपुरलाई लिड नायकमा अफर गरिएको छ । 

‘धमाल’ र ‘डबल धमाल’ पछि यो फिल्मको नाम ‘टोटल धमाल’ हुनेछ । इन्द्र कुमारले अनिल र माधुरीसँग फिल्ममा काम गर्ने सहमती भएको जानकारी दिएका छन् ।