बाहुबलिले तोड्यो रेकर्ड, पहिलो दिनमै पचास करोड
11-July-2015

जक्सन डटकम, असार २६ । शुक्रबार रिलिज भएको चलचित्र बाहुबलिले पहिलो दिनमै ५० करोड भारतिय रुपैया कमाउदै नयाँ रेकर्ड बनाएको छ। ट्रेड एनालिस्ट तरन आदर्शले ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले ट्रविटमा लेखिएको छ, ‘बाहुबलीले इतिहास बनाएको छ । पहिलो दिनमै ५० करोड कमाउने पहिलो चलचित्र बनेको छ ।’ चलचित्रलाइ एसएस राजामौलीले निर्देशन गरेका हुन् ।

यस चलचित्रले शाहरुख खानको पछिल्लो चलचित्र ‘ह्याप्पी न्यु इयर’ को रेकर्ड तोड्दै प्रथम स्थान ओगट्न सफल बनेको हो । सन् २०१४ मा चलचित्रले पहिलो दिनमा ४४.९७ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

त्यस्तै, आमिर खानको धुम–३ ले ३६.२२ करोड भारतीय रुपैयाँ कमाएको थियो । उता चेन्नाई एक्सप्रेसले ३३.१२ करोड कमाएको थियो भने एक था टाइगरले ३२.९२ करोड रुपैयाँ कमाएको थियो ।