हङकङमा चलचित्र ‘प्हा’को भब्य प्रिमियर शो सम्पन्न
17-November-2017

हङकङ । जीतमान गुरुङको निर्देशनमा बनेको गुरुङ चलचित्र प्हा (रक्सी)को प्रिमियर शो गरिएको छ । 

ङ्योए फिल्म प्रोडक्शनको पहिलो प्रस्तुति रहेको चलचित्र प्हा गत ८ अक्टोबर आइतबारको साँझ हङकङस्थित याउमातेई कम्युनिटी सेन्टरमा सम्पन्न भएको हो । 

अनौपचारिक कार्यक्रममा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष, मनबहादुर तमु, निवर्तमान अध्यक्ष, जीतेन्द्र तमु, माँङी आमा समूहका उपाध्यक्ष, रुपा तमुस्यो, निर्देशक जीतमान तमु, तमु समाज हङकङका अध्यक्ष, कोमल तमु, नेपाली महासंघ हङकङका अध्यक्ष, रीता तमुस्यो, जि.फा.हा.का अध्यक्ष, रोशन तमु नेपालबाट आएका प्हा चलचित्रका कलाकारहरु, निर्माताहरु, मुख्य प्रायोजकहरु, गौतम तमु, शर्मिला तमुस्यो, नरेन्द्र तमु, उदय तमु, सन्तोष तमु, ईश्वर तमु, च्यौना तमु, टप माउन्टेन तेक्वान्दो डोजाङका प्रोपाइटर गणेश तमु, गीत संगीतकार, तमु चलचित्र निर्माता निर्देशक सुवास तमु, गीत रचनाकार, शरद (कालु) तमुहरुलाई विशेष अथिति ग्रहण गरिएको थियो । 

तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष, मनबहादुर तमु, नेपाली महासंघ हङकङका अध्यक्ष रीता तमुस्योहरुले फिल्म सफलताको शुभकामना मन्तव्य राखे । चलचित्रका नायिका तथा पोखरामा तमु मैताका प्रस्तोता पुनम तमुस्योले फिल्मको विवरणहरु दिँदै प्ये ता ल्हु ता बारेमा बिस्तृत जानकारीसहित मन्तब्य राखेकी थिइन् । निर्देशक जीतमान तमुले आफ्नो पहिलो निर्देशकको अनुभव सुनाउँदै यो फिल्म तमुहरुको संस्कार, संस्कृति प्ये ता ल्हु ता मा आधारित रहेको हँुदा एकचोटी सबैले हेरिदिनको लागि अनुरोध गरे ।  

अन्तमा मञ्चमा आसीन विशेष अथितिहरु, निर्माताहरु, कलाकारहरु, मुख्य प्रायोजकहरुबाट संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरिएको थियो ।

कार्यक्रममा मारय ट युनिट, खैओ म्हिथेवा युनिट, निरनजन तमु, उपाध्यक्ष (एनआरएन हङकङ), दुर्गा (मिलन) तमु–मिलन फाउन्डेशन संरक्षक, विश्वास तमु 

(घान्द्रुक), भानवीर तमु (अध्यक्ष, अंकलदेवी समाज), टु–के–तमु, रीता तमुस्यो (बुडिबजार पोखरा), कृष्ण तमु (जेपिटी एच के)लगायत सहप्रायोजकको रुपमा थिए । 

साथै सम्पूर्ण भीआईपी–भीभीआइपी–नर्मल टिकट खरिद गरी कार्यक्रमलाई भब्यताको साथमा सफल बनाउन उपस्थित दर्शक महानुभावहरु, विभिन्न संघसंस्था, बुद्धिजीवीहरुलाई धन्यवाद दिइएपछि अनौपचारिक कार्यक्रम समापन गरिएको थियो । त्यसपछि चलचित्र सुरु भएको थियो । 

कार्यक्रम संयोजक भोजेन्द्र प्हच्यु तमुद्वारा सञ्चालन गरिएको थियो । 

प्रस्तोता : भोजेन्द्र प्हच्यु तमु

Related Images

Write a Comment