केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’ हुँइक्याउने मिति
20-November-2017


जकसन डटकम
पोखरा, ०५ मंसिर

नायिका केकी अधिकारी हरेक फिल्म र भूमिकालाई पर्दामा परिपक्व तरिकाबाट निर्वाहा गर्न खप्पिस छिन् । ’स्वर’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकीले पहिलो पटक फिल्म निर्माणमा हात हालेकी छिन् । ‘कोहलपुर एक्सप्रेस’बाट उनी निर्मात्री बन्दैछिन् । हाल यो फिल्मको छायांकन बाँके जिल्लामा धमाधम धैरहेको छ । 

पछिल्लो समय नेपाली निर्माताहरु सोलो रिलिजको मौका छोप्दै सुटिङ अगावै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने गर्छन् । केकीले पनि यही बाटो पछ्याएकी छिन् । २२ औं दिनमा छायांकन भैरहेको फिल्मको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत ‘कोहलपुर एक्सप्रेस’लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने उद्घोष गरेकी छिन् । 

विशाल भण्डारी निर्दे्शित यो फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । केकीको होम प्रोडक्शन हाउस ’जुनकिरी आर्टस्’ बाट निर्माणधिन ‘कोहलपुर एक्सप्रेस’मा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ । 

केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई फिल्मको निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । 

Write a Comment

Events
Random Picks