तपाई हाम्रो एक मतले देशलाई कुन दिशा तर्फ लैजाने भनि निणर्य गर्न सक्छौ “ऐतिहासिक निर्वाचन भएकाले सबै जनता सहभागी हुर्नु पर्छ ” ः दीपक आचार्य
20-November-2017


जकसन डटकम
पोखरा, ०५ मंसिर

दुई दशक देखी नेपाली फिल्मी क्षेत्र विकेका र टिकेका कलाकार हुन् दिपक आचार्य । आचार्यलेचर्चित नेपाली हाँस्यब्याग्य टेलीश्रृखला भद्रगोलको श्रृंखला निर्देशक,
मेरी बाँस्सैको लेखन तथा सहायक मुख्य निर्देशक गरेर झन् युवा माझ चर्चा बटुेलेका छन् । समसामयिक मुद्धाको उठान् र समाजिक विकृती विसंगती माथी तिखो व्यांग्य गर्न खप्प्सि छन् आचार्य । अहिले प्रदेशसभा एंव प्रतिनिधि सभाको निर्वाचन देश होमीएको बेला निर्वाचनको प्रभाव मनोरञ्जनको क्षेत्रमा कस्तो परेको छ ?
भद्रगोल युनिटले किन मतदान कसरी गर्ने भन्ने सचेतना सामाग्रि राख्न चाहेन किन ? या टेलीफिल्मको यो क्षेत्र पदैन् ? वा वेवास्ता गरिएको हो ? यसले दर्शकहरु
लाई कस्तो प्रभाव पर्न सक्छ ? भन्ने विषयमा चर्चित कलाकार, चलचित्र लेखक एंव निर्मात दिपक आचार्यसंग जकसन डटकमका लागि उमा आलेमगरले गरेको संक्षिप्त   कुराकानी ः
१. लाखौ नेपाली जनताले रुचाउने हास्य टेलिश्रृंखलाले वर्तमान समयमा निर्वाचन केन्द्रित हुन नसक्नको कारण के होला ?
 नेपाली टेलिश्रृखला आ– आफ्नो उद्धेश्य अनुसार कथा तयारी गरि कलाकारद्धारा नाटक तयार गरेका हुुन्छौ । हामीले लाखौ दर्शकहरुलाई मनोरञ्ज दिइ रहेकाछौ । बे्रकफेल र जिरेखुसानीले समाजमा तत्काल घटेका घट्ना साथै राजनीतिक उतार चढाबहरुलाई कथामा उतार्ने गर्छन् भने भद्रगोल र मेरी बास्सै जस्ता टेलिश्रृखलाले तत्काल समाजमा घट्का घट्नाहरु भन्दा पनि निधारीत कथा अनुसार ब्याग्य गर्दै मनोरञ्जन दिनुुका साथ समाजलाई सचेत पर्दै आएको छ । भद्रगोलको बारेमा चर्चा गर्नु पर्दा निर्वाचन केन्द्रति एक ऐपिस्ट मात्र गएको छ । निर्वाचन समय सम्म करिब तिनवाट टेलिश्रृंखला जाने भएता पनि निर्वाचन केन्द्रित छैन । 
२. नेपाली टेलिश्रृंखलाहरु मध्य दर्शकले बढि रुचाउने भद्रगोल पनि एक हो तापनि यस युनिटले मतदान कसरी गर्ने भन्ने सचेतना सामाग्रि राख्न किन चाहेन ?
 नेपाल सरकारले करोडै रुपया निर्वाचनका लागि खर्च गरेको छ । मतदान कसरी गर्ने भनि सचेतनाका लागि नै निर्वाचन आयोगले करोडै खर्च गरेको छ । निर्वाचन आयोग र नेपाल सरकारले ध्यान पुुराउन प¥यो नि जनताले के हेर्न रुचाउछन् । हामीले कुन माध्यमबाट प्रचारप्रसार गर्दा छिटो सरकारले दिन चाहेको जानकारीबाट जनताले ज्ञान लिनेछन् । यि कुरा तर्फ सरकारको आखा परेको छैन । हामीले जनतालाई मनोरञ्जन दिने हो । निर्वाचनका सबै प्रचारप्रसार हामीले गर्न थाल्यौ भने दर्शकले गालि गर्न थाल्छन् । 
निर्वाचन आयोग र सरकारले नेपाली टेलिश्रृंंखला निमार्तहरुसंग पहिले नै मतपत्र कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी गराएको छैन । यसकारण त्यो विषय तर्फ हामी लागि रहनु पर्दैन । हाम्रो काम समाजाकि उत्तरदाहित्व वहन गर्दै दर्शकलाई मनोरञ्जन दिने हो । त्याहि अनुसार अघि बढि रहेकाछौ । 
३.तपाइको विचारमा रिलिज हुुने तयारीमा रहेका फिल्महरुलाई निर्वाचनले असर पर्न सक्छ वा सक्दैन ?
    
   निर्वाचनले नेपाली चलचित्रलाई खासै असर पर्दैन । फिल्म हेर्न चाहने दर्शकहरुले जसरी पनि आफुले चाहेको फिल्म हेर्न सक्छन् । नेपाली जनताले एकदिन मात्र मतदानका लागि समय खचिने पर्ने भएकाले मेरो विचारमा नया रिलिज हुने तरखरमा रहेका फिल्महरुलाई असर पर्दैन । फुलपातिको दिन रिलिज हुने फिल्म कसले हेर्ला उक्त दिनमा सबै जनता ब्यस्त हुने दिन भनि आकलन गरिएको थियो तर सोहि दिन प्रद्धर्शनमा आएको फिल्मले नै नया रिर्कोट राख्यको छ । राम्रा चलचित्र हेर्नका लागि दर्शकलाई दिन बारले छेक्न सक्दैन । 
४. निर्वाचनको समय नजीकिदै गरेको बेला तपाइले नेपाली राजनीतिक दलहरुलाई कसरी मनन् गर्दै हुनु  हुन्छ ? 
 नेपाली राजनीतिको कुरा गर्दै जदा म स्वयले वि.स.२०४७ सालको राजनीतिक आन्दोलनलाई भोग्यको छु । वि. स.२०४७ साल देखि २०६२।०६३ सालको जनआन्दोल सन्र्दभलाई हेर्दै जाने हो  भने नेपाली राजनीतिले सफलताको शिखर चढि सक्यको छ । देशमा उदाहरणीय राजनीतिक विकास भइ सक्यको छ । विश्वका हरेक देशमा विकासको पहिलो चरण भनेको नै राजनीत विकास क्रमसंगै देशको विकास भएका यथार्थ हामी माझ नै रहेको छ । हाम्रो देश नेपालको राजनीतिक अवस्था सकरात्मक पक्षमा नै रहेको छ । अब राजनीतको विकासको पालो पुग्यो । देश विकासका लागि स्थाइ राजनीत आवश्यक रहेको छ । यो कुरा नेपाल जनताले मनन् गर्दै आएकाछन् । केहि महिनामा सरकार परिर्वतन हुने भएकाले देश विकास भन्दा पनि दलका प्रतिनिधिहरुले आफ्नो विकास तर्फ अल्झिएको अवस्था थियो । देशलाई शान्ति, समृद्धि र विकास गर्नका लागि स्थाइ सरकार आउने छ भन्ने विश्वासमा रहेको छु ।
५. तपाइको विचारमा नेपाली जनताले ब्यक्ति हेर्नु पर्लाकी पार्टी हेर्नु पर्ला ? 
    
  नेपाल बुहदलीय प्रजातन्त्रबाट सञ्चालित देश भएकाले व्यक्ति होइन पार्टिले नेतृत्व गर्ने हुदा हामीले व्यक्ति र पार्टि दुबैलाई विचार पुराउन आवश्यक देख्छु  । जनताको मतले राज्य सञ्चालन गर्ने क्रममा दलहरुले लाप्रवाहि गरेको खण्डमा हामी सचेत जनताले खबरदारी गर्नु पर्छ । वर्तमान समयमा हरेक व्यक्तिले प्रयोग गर्ने सामाजिक सञ्जालहरु मर्फत खबरदारी गर्न सक्छौ  । जनताको जनमतले नै राजनीत दलको अस्तित्व काम हुने यथार्थ दलका प्रतिनिधिहरुले मनन् गर्न आवश्यक देख्छुु । 

६. तपाइले वर्तमान अवस्थामा रहेका दलहरुसंग के आपेक्षा गर्नु  भएको छ ? 
      सबै दलहरुले आफ्नो दल र व्यक्तिगत स्वार्थ भन्दा माथि उठि देश विकासका लागि जुट्नु पर्छ । यदि फेरी पनि नेपाली जनतालाई धोका दिएमा भोट दिन सक्ने जनताले सिट पनि खोस्न सक्छन् । यो कुरो दल र नेतृत्व गर्ने व्यक्ति दुुबैले भुल्नु हुदैन । 
७. तपाइको मनमा केहि भन्न छ कि ? 
 नेपाली युवाहरुले राजनीतिलाई चासो दिएको अवस्था छैन । म सबै युवाहरुलाई यहि भन्न चाहन्छु जसरी हाम्रा चार्डपर्व वा घरमा विषेश काम पर्दा देश विदेश जहा भए पनि हामी समयमा नै आफ्नो घरमा आइ पुुग्छौ । यसरी गरी नेपालको ऐतिहासिक निर्वाचनलाई सफल पार्न हामी आफ्नो घरमा पुग्यौ  । तपाई हाम्रो एक मतले देशलाई कुन दिशा तर्फ लैजाने भनि निणर्य गर्न सक्छौ । हामीले नेताको लागि निर्वाचन हो भन्नु भन्दा नेपाली जनताले आफ्नो प्रतिनिधि चुन्ने अवसर पाएकाछौ सो उत्सव हो भनि बुझ्न आवश्यक देख्छुु ।

Events
Random Picks