‘बाहुबली’का कारण सलमानको फिल्मलाई न्यून हल
15-July-2015

प्रभास स्टारर फिल्म बाहुबलीले यतिबेला भारतसँगै अन्य देशमा उत्कृष्ट व्यापार गरिरहेको छ । यहि छेकोमा ईदको अवसर पारेर सलमान खान अभिनित पछिल्लो फिल्म ‘बजरंगी भाईजान’ रिलिज हुँदैछ ।

तर ‘बाहुबली’को चर्को व्यापारको कारणले सलमान खानले निकै कम मात्र हल पाउने निश्चित भएको छ । अझै विशेषगरि दक्षिण भारतमा त झन् सलमान खानको फिल्म अति नै न्यून फिल्म हलमा मात्रै स्क्रिनिङ हुनेछ ।

भारतीय संचारमाध्यमहरुका अनुसार दक्षिण भारतका हलहरुले लोभलाग्दो कमाइ गरिरेको ’बाहुबली’ नै चलाउने इच्छा देखाएपछि सलमानको फिल्मले पर्याप्त हल नपाउने भएको हो । यसले फिल्मको सम्भावित कमाइलाई प्रभाव पार्ने निश्चित छ ।

दक्षिण भारतका हलहरु पैसा कमाइरहेको फिल्म छोडेर कमाउला कि भन्ने सम्भावित फिल्म चलाउन अनिइच्छुक भएका हुन् । त्यसैगरी दक्षिणका सुपरस्टार धनुषको फिल्म पनि सोही मितिमा रिलिज हुन भएकाले सलमानको फिल्म थप चेपुवामा परेको हो ।

त्यस्तै नेपालमा पनि ‘बाहुबली’ले सलमान खानको फिल्मको व्यापारलाई प्रभाव पार्ने अड्कलबाजी गर्न थालिएको छ । नेपालमा पनि ‘बाहुबली’को आक्रामक व्यापार भैरहेको अवस्थामा सलमान खानको फिल्म हाल्न हलवाला र वितरकलाई टाउको दुखाई हुन सक्छ ।

copy http://www.mainkhabar.com/salman-gets-few-hall-because-of-bahubali/

Write a Comment

Events
Random Picks