आफ्नै गीतमा मेलिना र रेवत
27-November-2017


जकसन डटकम
पोखरा, ११ मंसिर

दर्शकको मन जित्न सफल चर्चित गायिका मेलिना राई र गायक रेवत राईको आफ्नै आवाजमा रहेको फिचर कभर भिडियो सार्वजनिक भएको छ । मेलिना र रेवतले आफैले गाएको गीतको कभर भिडियोमा उनीहरु आफै फिचर्ड भएका हुन् । 

तिमी मेरो जिन्दगीको बोल रहेको गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन्, भने ओम प्रसाईको छायाँकन रहेको छ ।  अलग उपहारमा संग्रहित यस गीतमा जगत नबोदितको शब्द रहेको छ, र तारा प्रकाश लिम्बुले सङ्गीत भरेका छन् । 

सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियोलाई मेलिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।  भिडियो छायाँकनमा निकै नै रमाईलो महशुष गरेको मेलिना र रेवतको भनाई छ भने गीतको लिपसीङ भएकोले सहज पनि भएको उनीहरुले प्रतिक्रिया दिए ।

Write a Comment

Events
Random Picks