मिस क्विन लेखनाथ सिजन ३ को तयारी पूरा
1-December-2017


उमा आलेमगर
पोखरा, १५मंसिर

 

मिस क्विन लेखनाथ सिजन ३ को तयारी पूरा भएको छ । लेखनाथ मिडिया हाउसले आयोजना गरेको मिस क्विन लेखनाथको तयारी पूरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । प्रतियोगिताको ग्राण्ड फिनाली भोलि (शनिबार ) पोखरा सभागृहमा २ बजे हुदैँ छ । 

लेखनाथ क्षेत्रकै पहिलो र स्थापित ब्यूटी पेजेन्ट मिस क्विन लेखनाथ सिजन ३ को फिनालीमा लेखनाथका १६ देखि २५ वर्ष उमेर समुहका ७ जना युवतीहरुले प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगिताको विजेताले क्राउनको साथ स्कुटर प्राप्त गर्ने छ । त्यसैगरि फष्ट रनरअपले क्राउनको साथमा नगद ५० हजार र सेकेण्ड रनरअपले क्राउनको साथ नगद ३० हजार प्राप्त गर्नेछन् । 

सुजुकी टु ह्वीलर्सले मुख्य प्रायोजन र लेकसिटी वाटरले प्रायोजन गरेको प्रतियोगिताको लागि लेखनाथख जेसिज, लेखनाथ लायन्स क्लब, रोटरी क्लब अफ लेखनाथ, रोट्रयाक्ट क्लब अफ लेखनाथले सहयोग गरेको छ । 

कुल ७ लाख खर्च अनुमान गरिएको कार्यक्रमबाट खर्च कटाएर विजेताहरुको तर्फबाट पनि थप गरि श्री कृष्ण प्रणामी वृद्धाश्रममा सहयोग गरिने आयोजकले जनाएको छ । 

Write a Comment

Events
Random Picks