‘रोमियो एण्ड मुना’को गीतमा विकिनी मोडलसँग विनयको वोल्ड अन्दाज
15-December-2017


जकसन डटकम
पोखरा, ०१ पुस

फागुन ११ गते रिलिज हुने ‘रोमियो एण्ड मुना’ले आफ्नो दोस्रो गीत रिलिज गरेको छ। बिहिबार काठमाडौंमा ‘रोमियो’मा शीर्ष भूमिका निभाएका अभिनेता विनय श्रेष्ठले कार्यक्रम स्थलमा विकिनी पहिरेका दुई सुन्दरीसँग मञ्चमा प्रवेश गर्दै गीत सार्वजनिक गरेका हुन्।

फिल्ममा नरेश कुमार केसीको निर्देशन रहेको छ। फिल्ममा अभिनेत्री श्रृष्टि श्रेष्ठसँग विनयले जोडी बाँधेका छन्। सार्वजनिक गीतको छायाँकन अमेरिकामा गरिएको हो। भारतीय गायक तथा संगीतकार गौरव डिडोन्करको संगीत दिएको गीतमा अर्ल युआरएल एडगरको शब्द तथा स्वर रहेको छ।

गीतमा विनयले दर्जन बढी अमेरिकी विकिनी मोडलसँग अभिनय गरेका छन्। फिल्मले शहरिया आधुनिक युवा र ग्रामिण युवतीको प्रेमकथा भन्छ।

 

Write a Comment

Events
Random Picks