विवादले घटायो कंगनाको कमाइ, अब यस्तो छ योजना
19-December-2017


जकसन डटकम
पोखरा, ०४ पुस

बोल्ड बलिउड अभिनेत्री कंगना रनावतले यस वर्ष हिन्दी फिल्म उद्योगका हस्ती विरूद्ध धावा बोलिन्। एकातिर खुलेरै विवादमा उत्रेकी कंगनाका दुई फिल्म बक्स अफिसमा असफल पनि भए। यसले करियरमा नकारात्मक असर गरेको खुलासा उनले गरेकी छन्। भारतीय पत्रिका ‘मुम्बई मिरर’लाई दिएको अन्तरवार्तामा विवाद र बयानले आफ्नो व्यवसायिक जीवनमा असर परेको उनले बताएकी हुन्। केतन मेहता निर्दे्शित ‘सिमरन’ र विशाल भारद्वाज निर्दे्शित ‘रंगुन’ फ्लप भए।  समिक्षकको नजरमा पनि फिल्म गतिलो बन्न सकेन।

‘अफरहरू आउन कम नभए पनि मेरो व्यवसायिक पाटो भने खस्किएको छ। विज्ञापनका प्रस्तावहरू कम आएका छन्, मेरो कमाइ तल झरेको छ। यसले गर्दा मेरो आफ्नै प्रोडक्सन कम्पनी खोल्ने योजना पर धकेल्नुपरेको छ’,  अन्तरवार्तामा उनले भनेकी छिन्। यस वर्षको सुरूवातदेखि नै कंगना मिडिया अन्तरवार्ताहरू आगो बनेर आइन्। बलिउडमा रहेको परिवारवाद र आफूमाथि भएका दुर्व्यवहारका बारेमा खुलस्त भइन्। ऋतिक रोशन तथा करण जोहर उनको निशानाका पात्र बने। ऋतिकसँगको आफ्नो व्यक्तिगत सम्बन्धले समाचारका हेडलाइन बनेकी कंगना करणसँग परिवारवादको विषयमा भिडिन्।

कंगनाले यी कुराले आफूमाथी असर परेपनि निराश भइहाल्नुपर्ने अवस्था नभएको पनि सो अन्तरवार्तामा बताएकी छन्। ३ फिल्म साइन गरिसकेको बताउँदै उनले यस्तो भनेकी छन्, ‘ म मेरो जीवन युवतीहरूका लागि होशियार हुनुपर्ने उदाहरण नभई एउटा प्रेरणा दिने होस् भन्ने चाहन्छु। म यसबाट उम्कदैँ सफल हुनेछु।’

Write a Comment

Events
Random Picks