हयाप्पी न्यू इयर टोलीसँगै झुमे हेटौडाका दर्शक
20-December-2017


जकसन डटकम
पोखरा, ०५ पुस

चलचित्रको प्रचार(प्रसारलाई फरक र व्यापक बनाउने उद्देश्यले चलचित्र ‘ह्याप्पी न्यू इयर’ को टिमले यतिबेला मोफसलका मुख्य शहरमा कन्सर्ट गरिरहेको छ । यसैबीच पहिलो कन्सर्ट हेटौडाको खासा बजारमा भव्य रुपमा सम्पन्न भएको छ । 

पौष ४ गते सम्पन्न उक्त कन्सर्टमा उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो । चलचित्रका नायक तथा निर्माता कुशल थापाले सबैमाझ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण बने गायक विनोद ढकाल । उनले युथ ओरिएन्टेड डान्सीङ गीत गाएका थिए । चलचित्र ‘ह्याप्पी न्यू इयर’ को शीर्ष गीतमा समेत उनको शब्द तथा संगीत रहेको छ । यस्तै मोडल सोनिका रोकायाले आइटम गीतमा नृत्य गरेर हेटौडाका दर्शकलाई झुमाइन् । 

‘हेलो डियर, ह्याप्पी न्यू इयर’ भन्ने स्लोगन सहित दर्शकसँग सांगीतिक साक्षात्कार निर्माण टिमले गरेको हो । यो चलचित्र यहि पौष १४ देखि रिलिज हुँदैछ । देवकुमार श्रेष्ठ निर्दे्शित चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका छ । पौष ५ गते नारायणघट, ६ गते बुटवल, ८ गते पोखरा हुँदै टोली काठमाडौं फर्कनेछ । १० गते भने काठमाडौंका विभिन्न ठाउँमा कन्सर्ट हुनेछ ।

Write a Comment

Events
Random Picks