‘बजरंगी भाईजान’ चलाउन दिदाँ पाकिस्तानी सेन्सर बोर्डलाई धम्की
23-July-2015

(एजेन्सी) सलमान खानको पछिल्लो चलचित्र ‘बजरंगी भाईजान’ अहिले चर्चामा छ । यस चलचित्रले भारत मात्रै नभएर छिमेकी मूलुक पाकिस्तानमा पनि उत्तिकै सफलता हात पारेको छ । रिलिज भएको तीन दिनमै १ सय करोडको क्लबमा सामेल ‘बजरंगी भाईजान’ पाकिस्तानमा भने केही दृश्य काटेर मात्रै प्रदर्शनमा ल्याइएको छ । पाकिस्तान सेन्सर बोर्डका अध्यक्ष फखर ए अलामले यसरी चलचित्र प्रदर्शन गर्न दिँदा धम्की आएको खुलासा गरेका छन् । उनले ट्वीटरमा यो चलचित्र पाकिस्तान विरोधी नरहेको ट्वीट गरेका छन् । त्यसका बाबजुद धम्की आउने क्रम नरोकिएको अलामले बताए ।

अलामले पाकिस्तानका हल मालिकहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । एक अंग्रेजी वेभसाइटले केही व्यक्ति ‘बजरंगी भाईजान’ पाकिस्तानमा प्रदर्शन हुदाँ सन्तुष्ट नरहेको जनाएको छ । तर अलामले चलचित्र पाकिस्तान विरोधी नभएका कारण प्रदर्शन गर्न दिइएको बताएका छन् । यसअघि पाकिस्तान विरोधी कथा समेटिएको अक्षयकुमारको ‘बेबी’ चलचित्रले पाकिस्तानमा प्रदर्शनको अनुमति पाएको थिएन । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Write a Comment

Events
Random Picks