नीताले गरिन् निराजनसँग बेग्लै संसारको कल्पना
25-December-2017


जकसन डटकम
पोखरा, १० पुस

पछिल्लो समय नेपाली गीत संगीत मेहनतका साथ तयार पार्न थालिएको छ । फिल्म होस् या आधुनिक गीतको भिडियोलाई दृश्यको हिसाबले पनि उत्कृष्ट बनाउन हर तरिका अपनाउने गरिएको छ । यस्तै मध्यको एक गीत हो ‘इन्द्रेणीको’ । पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको स्वर रहेको यो गीतको भिडियोलाई उनकै च्यानल मार्फत रिलिज गरिएको छ । इन्द्रेणी एल्बममा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् । 

शान थापा निर्दे्शित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी देखिएका छन् । भिडियोमा युवतीले कल्पना गर्ने मायाको संसारलाई देखाउने प्रयास गरिएको छ । कल्पनाको संसारमा प्रस्तुत हुँदा यस किसिमको ड्रेसमा निराजन र नीता प्रस्तुत भएका हुन् ।  राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियो सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

Write a Comment