मिस्टर झोले ‘कबड्डी’ फ्लेभरमा आएकै हो – गुरुङ
25-December-2017


जकसन डटकम
पोखरा, ११ पुस

निर्देशक रामबाबु गुरुङले आफूद्वारा निर्दे्शित फिल्म ‘मिस्टर झोले’ कबड्डी फ्लेभरमा आएको स्वीकार गरेका छन्।  सोमबार आयोजित पत्रकारसँगको भेटघाटमा गुरुङले मिस्टर झोले कबड्डी कबड्डी फ्लेभरमा आएको भन्दै त्यसको प्रतिवाद गर्न नसकिने बताए। 

‘दर्शकहरुले ट्रेलर हेर्दा कबड्डी कबड्डी फ्लेभर आएको भन्नु भएको छ,’ उनले भने, ‘एउटै मान्छेले दुईवटा फिल्म बनाउदाँ केही त्यस्तो भान अवश्य रहन्छ।’ ‘मैले सकेसम्म कबड्डी कबड्डी फ्लेभर आउन नदिन प्रयत्न गरेको थिएँ’ उनले भने, ‘जति आयो त्यो हटाउन नसकिएको पक्ष हो ।’

‘कबड्डी’ फ्लेभरमा आयो ‘मिस्टर झोले’को ट्रेलर

कलाकार दयाहाङ राईले गाउँले परिवेशमा बनेको कथाले दर्शकको मन छुनेमा आफू आशावादी रहेको बताए। निर्माता टेकेन्द्र खड्काले झोले बनाइसकेपछि त्यसको सिक्वेल बनाउन कथा तयार भएको तर मिस्टर झोले सिक्वेल फिल्म नभएको बताए। पुस २८ गते रिलिज हुने फिल्ममा दयाहाङ राई, वर्षा राउत तथा दिया पुनको मुख्य भूमिका रहेको छ। 

फिल्ममा बुद्दि तामाङ, विजय बराल, अरूणा कार्की तथा प्रविण खतिवडा समेतको अभिनय रहेको छ। फिल्मको कथा पनि निर्देशक गुरूङले नै लेखेका हुन्। यस अघि गुरूङ निर्दे्शित ‘पुरानो डुङ्गा’ले चर्को समिक्षकिय आलोचना खेपेको थियो। फिल्मले सो आलोचनालाई कम गर्ने अनुमान गरिएको छ।

Write a Comment

Events