सन्ध्याले कुशललाई तिमीनै मेरो भनेपछि ...
25-December-2017


जकसन डटकम
पोखरा, ११ पुस

‘ह्याप्पी न्यू इयर’ चलचित्रको ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा चलचित्र युनिटले प्रचार–प्रसारलाई बल पुर्याउन नयाँ गीत रिलिज गरेको हो । युट्युव मार्फत रिलिज गरिएको चलचित्रको रोमान्टिक गीतमा कुशल थापा र सन्ध्या केसी देखिएका छन् । गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर छ भने शब्द तथा संगीत टंक बुढाथोकीले नै दिएका छन् । 

चलचित्र युनिट केही दिनदेखि मोफसलको टुरमा रहेको छ । अग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै १४ पुसबाट प्रदर्शन हुन लागेको चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।  चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम लगायतको मुख्य भूमिका रहेको छ । रति थापा चलचित्रकी निर्माता हुन् । 

 

Write a Comment