केटाभन्दा केटीसँग रोमान्स गर्दा बढी मज्जा लाग्छ : दिया मास्के
25-July-2015

काठमाडौं । बिभिन्न म्युजिक भिडियोकी मोडल तथा कागबेनी चलचित्रकी अभिनेत्री दिया मास्केले केटा भन्दा केटी साथीसँग रोमान्स गर्दा बढी मज्जा आउँने बताएकी छिन् । पहिलो चलचित्र कागबेनीमा सौगात मल्लसँग हट अन्तरंग दृश्य दिएर चर्चामा आएकी उनले महिला समलिंगीको कथामा आधारित सुनगाभा चलचित्रमा भने अर्की अभिनेत्री निशा अधिकारीसँग अन्तरंग दृश्य दिएकी थिइन् । त्यसक्रममा उनले निशासँग आलिंगनका साथमा किसिङ सिनसम्म दिएकी थिइन् ।

दियाले कागबेनीमा सौगातसँग भन्दा सुनगाभामा निशासँगको अन्तरंग दृश्यमा आफूलाई बढी मज्जा आएको बताइन् । साथै निशासँगको अन्तरंग दृश्यमा आफूलाई सहज अनुभव पनि भएको बताईन् । 'त्यस्तो दृश्यका लागि निशा इज मोर बेटर' उनले भनिन् ।

रंगमञ्चका निर्देशक अनुप बरालकी कान्छी श्रीमति दियाले अरु निर्देशक भएको भए ती दुवै चलचित्रमा आफूले त्यस्तो दृश्य नदिने दाबी समेत गरिन् । भूषण र सुवर्णजी जस्तो प्रोफेशनल र चलचित्रलाई राम्रोसँग बुझ्नुभएका निर्देशकहरुलाई नाइँ भन्न सकिनँ । अर्को कुरा उहाँहरुलाई नाइ भन्न सक्ने आधार पनि मसँग थिएन । किन कि त्यो दृश्य विशुद्ध कथाकै एउटा पाटो हो भन्नेमा म विश्वस्त थिएँ । त्यसैले त्यस्तो दृश्य दिदा मलाई नराम्रो महसूस पनि भएन । दुवै चलचित्र रिलिज भएपछि उक्त दृश्यहरुलाई लिएर कसैले नराम्रो प्रतिक्रिया नदिएको पनि उनले बताइन् ।

महिला समलिंगीमा आधारित सुनगाभाको कथा नै बोल्ड भएकोले त्यसबाट आफूले पनि अझ म्याच्योर्ड हुने मौका पाएको उनको कथन छ । नबीन सुब्बा निर्दे्शित दलन टेलिचलचित्रबाट पहिलोपटक अभिनयमा होमिएकी दियाले स्वर्गीय आलोक नेम्वाङसँग झण्डै एक दर्जन बढी म्यूजिक भिडियोहरुमा काम गरिसकेकी छिन् ।