‘बटरफ्लाई’ को शीर्ष गीत रिलिज
28-December-2017


जकसन डटकम
पोखरा, १४ पुस

नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की स्टारर फिल्म ‘बटरफ्लाई’को शीर्ष गीत रिलिज भएको छ । ’म गाउँदिन अब गीत गजल’ बोलको गीत र ट्रेलरले दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट उत्साहित निर्माण टीमले बिहीवार फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो । स्याड भर्सनको सार्वजनिक शीर्ष गीतमा स्वर युवराज चौलागाईंको छ भने संगीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको छ । गीतमा फिल्मका लिड कलाकार आर्यन र प्रियंका फिचरिङ छन् ।
 
फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् । पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । ‘बटरफ्लाई’ पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ । 

 

Write a Comment